अमेरिकालाई चीनको सन्देश : ‘सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पमाथि गलत अनुमान नगर’


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो ।

पूर्वी एसियाली तथा प्रशान्त क्षेत्रमामिला अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रियाबारे लगाएको आरोपको जवाफमा वाङले उक्त कुरा बताउनुभएको हो । “पेलोसीको चीनको ताइवान क्षेत्रको उत्तेजक भ्रमणबारे सन्दर्भ, कारण र घटनाक्रम स्पष्ट छ,” वाङले भन्नुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको छ ।”

“चिनियाँहरू अलास्काको ‘स्वतन्त्रता’लाई समर्थन गर्न संयुक्त राज्य अमेरिका गएका नभइ अमेरिकी नेताहरू ‘ताइवान स्वतन्त्रता’को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न ताइवान गएको भन्ने बिषय सबैसामु छर्लङ्ग छ,” वाङले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी उक्साहटविरूद्ध चीनको कडा प्रतिक्रिया तर्कसङ्गत, कानुनसम्मत र न्यायोचित रहेको र यसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको वाङले बताउनुभयो ।

जिम्मेवारीबाट पन्छिनु र आरोपबाट पन्छिनु र समस्यालाई थप संकटतर्फ लानुको सट्टा अमेरिकी पक्षका लागि समस्याको एक मात्र समाधान चीन–अमेरिका सम्बन्धमा चीन र अमेरिकाले जारी गरेका तीन संयुक्त विज्ञप्तिको पालना गर्नु र एक चीन नीतिप्रति प्रतिवद्ध हुनु हो ।

वाङले भन्नुभयो, “हामी हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ सङ्कल्पित छौं । हामी अमेरिकी पक्षलाई यस विषयमा गलत अनुमान नगर्न आग्रह गर्दछौं ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com