रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले यहाँबाट हतियारसहित सैनिक फिर्ता लिन आग्रह गरेका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भने, ‘गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग उनले शान्तिको पुनस्र्थापनाको बारेमा कुरा गरे।’ यो कुराकानी मार्चमा इस्तानबुलमा भएको थियो । गुटेरेससँगको भेटपछि जेलेन्स्कीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (युएन) आणविक निगरानी संस्थाको प्लान्टमा सम्भावित मिसनका लागि मापदण्डमा सहमत भएको बताए । ‘रूसले तुरुन्तै जापोरिजिया आणविक प्लान्टमा तैनाथ आफ्ना सेनाहरूलाई बिना शर्त फिर्ता लिनुपर्छ र यहाँ बम विष्फोट रोक्नु पर्छ,’ जेलेन्स्कीले भने।

भेटमा तीन नेताले जापोरिजिया आणविक प्लान्टमा हुने आणविक दुर्घटनाबाट बच्ने महत्वबारे छलफल गरेका थिए । यस बैठकमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले आणविक प्लान्टमा क्षति पुग्यो भने त्यो आत्महत्याजस्तै हुने बताए । यसै क्रममा टर्कीका राष्ट्रपति एर्दोगानले आणविक केन्द्रमा क्षति पुगे अर्को चेर्नोबिल साबित हुन सक्ने बताएका छन् । टर्की उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य हो, जसले युद्धमा युक्रेनको साथ दिएको थियो । युक्रेनी राष्ट्रपतिको वेबसाइटका अनुसार बैठकमा, टर्कीले सडक र पुलहरू सहित युक्रेनको पूर्वाधार पुनर्निर्माणमा मद्दत गर्न सहमत भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com