ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका, आवश्यक परे बल प्रयोग गर्न सक्ने चीनको चेतावनी


प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला   अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।

ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङटनले व्यापार वार्ताको घोषणा गरेको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन तर व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता हुन लागेको बताएको छ । एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रपति जो बाइडेनका संयोजक कर्ट क्याम्पबेलले गत साता ताइवानसँगको अमेरिकी सम्बन्धलाई सघन बनाउने प्रयासस्वरूप व्यापार वार्ता हुनलागेको गत साता सञ्चारकर्मीलाई बताएका थिए । उनले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट गरेका थिए ।

संयुक्त राज्य अमेरिकाको ताइवानसँग कुनै आधिकारिक सम्बन्ध छैन तर यसको अनौपचारिक दूतावासको काम ताइवानस्थित अमेरिकन इन्स्टिच्युटले गर्दै आएको छ । वासिङ्टनले चीन र ताइवानको हैसियतमा कुनै अडान नराख्ने तर उनीहरूको विवाद शान्तिपूर्णरूपमा समाधान गर्न चाहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९४९ को गृहयुद्धपछि चीन र ताइवान विभाजन भएका थिए तर चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेर ‘एक राष्ट्र दुई प्रणाली’अनुसार त्यहाँ चिनियाँ शासन प्रणाली लागू गरेको छ । बेलाबेलामा बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनःदाबी गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले ताइपेइलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षालगायत अन्य सम्बन्धलाई पनि कायम राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com