रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानव नष्ट हुने : शोधकर्ता


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

रुस र युक्रेनबीचको युद्ध तत्काल समाप्त हुने देखिँदैन । यदि रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ ।

विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। तर, यी सबै मानिस बमको प्रत्यक्ष प्रभावबाट नभई विश्वभर भोकमरीको प्रभावबाट मारिनेछन् । नयाँ अध्ययनले परमाणु बमका कारण सूर्यको किरण पृथ्वीमा पुग्न नसक्ने दाबी गरेको छ ।

अमेरिकाको रुटजर्स युनिभर्सिटीका वैज्ञानिकहरूले विश्वभर ६ वटा सम्भावित आणविक द्वन्द्वका परिणामहरू म्याप गरेका छन्। उनको अध्ययन नेचर फुड जर्नलमा प्रकाशित भएको छ । यस अध्ययनमा उनले रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानव नष्ट हुने बताएका छन् ।   आणविक विस्फोटका कारण वायुमण्डलमा कालिलो निस्कने आधारमा यो अनुमान गरिएको हो ।

शोधकर्ताहरूले उनीहरूको नतिजाको लागि वायुमण्डलीय अनुसन्धान केन्द्रबाट मौसम पूर्वानुमान उपकरण प्रयोग गरे। यस मार्फत उनले प्रत्येक देशको प्रमुख बाली उत्पादनको अनुमान लगाए। ठुलो युद्धको नोक्सानी ठुलो हुन्छ तर सानो स्तरमा युद्ध भयो भने खाद्य संकटले विश्वभर नै भयावह परिणाम ल्याउछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत र पाकिस्तानबीच मात्रै सानो आणविक युद्ध भए पाँच वर्षमा विश्वले सात प्रतिशत बाली उत्पादनमा कमी आउने अध्ययनले देखाएको छ । त्यसैगरी रुस र अमेरिकाबीचको युद्धमा तीन–चार वर्षमा ९० प्रतिशत बाली उत्पादन घट्नेछ ।

शोधकर्ताहरूले जनावरको दाना घटाएर वा खानाको फोहोर घटाएर युद्धको तुरुन्तै  क्षतिको क्षतिपूर्तिलाई पनि हेरे। तर अन्वेषकहरूले यो ठूलो स्तरको युद्धबाट कुनै राहत देखेका छैनन्। यो अनुसन्धान रुसले युक्रेनमा गरेको आक्रमणपछि आएको हो । रुसले लगातार परमाणु बम प्रयोग गर्ने धम्की दिइरहेको छ ।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com