संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन “अत्यधिक बल प्रयोग” गरिएका घटनाको निन्दा गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्।

तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन् ।
बेनेटले ट्वीटरमा लेखेका छन् “काबुलमा महिलाहरूको “शान्तिपूर्ण” प्रदर्शन विरुद्ध बल प्रयोग र दुर्व्यवहार उनीहरूको भेला हुने अधिकार र स्वतन्त्रताको अधिकारको हनन हो।”

खामा प्रेसका अनुसार काबुलमा “खाना, काम र स्वतन्त्रता” भन्ने नारा सहित भेला भएका महिला जुलुसलाई दमन गर्ने क्रममा तालिबानले केही पत्रकारहरूलाई गिरफ्तार गरेको र महिलाहरू माथि दमन गरेको बताइएको छ।

यसअघि पनि संयुक्त राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिदै यदि हालको अवस्थामा सुधार नगरिए अफगानिस्तानको भविष्य “अन्धकार” रहने बताएको छ। तालिबानले सन् २०२१ अगस्टमा सत्ता कब्जामा लिएपछि महिला र बालिकाहरूको शिक्षा, काम र स्वतन्त्र आवतजावतको अधिकार उल्लङ्घन गरेको छ र घरेलु हिंसाबाट भाग्नेहरूको सुरक्षा र समर्थनको प्रणालीलाई ध्वस्त पारेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिबानले यस्तो भेदभावपूर्ण नियमहरूको सामान्य उल्लङ्घनमा समेत महिला र केटीहरूलाई हिरासतमा राखेको छ । यो सँगै अफगानिस्तानमा पछिल्लो समय बालविवाह र जबरजस्ती विवाहको दरमा वृद्धि भएको छ।

विभिन्न अधिकारवादी समूहहरूले तालिबानलाई यस्ता नीतिहरू परिवर्तन गर्न आह्वान गरिरहेका छन् । अफगानिस्तानमा पछिल्ला दिनमा महिला विरोधी कदमको व्यापक विरोध भएका छन् तर तालिबानले प्रदर्शनकारीहरू माथि उत्पीडन, दुर्व्यवहार, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द गर्दै शारीरिक यातना दिदै बेपत्ता पारेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com