अमेरिकी सांसदहरूको भ्रमणका बीच चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

ताइवानबाट चीनको सबैभन्दा नजिकको मुख्य भूमि पिङटान टापुको छेउमा उडिरहेको चिनियाँ सैन्य हेलिकप्टर हेर्दै पर्यटकहरू । फोटो: एएफपी

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको हो ।

केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो ।

अब चार अमेरिकी सांसद ताइवान पुगेका छन् । यी अमेरिकी राजनीतिज्ञहरू आइतबार बिना कुनै घोषणा ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग भेट गर्ने अपेक्षा गरिएको छ । चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ ।

चीनले कुनै पनि विदेशी प्रतिनिधिमण्डलको ताइवान भ्रमणको विरोध गरेको छ । चीनले न्यान्सी पेलोसीको भ्रमणमा पनि आफ्नो नीतिकै कारण आपत्ति जनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर पेलोसीले चीनको आपत्तिलाई बेवास्ता गर्दै ताइवानको यात्रा गरिन् । अमेरिकाले एक चीन नीतिलाई समर्थन गरे पनि पेलोसीको भ्रमणमा बाइडेन सरकारले वक्तालाई कतै जानबाट रोक्न नसक्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी सांसदको पछिल्लो भ्रमणबारे चीनले आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न कडा कदम चाल्ने बताए।

उनले भने कि केही अमेरिकी राजनीतिज्ञहरूले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने पृथकतावादी शक्तिहरूसँग मिलेर एक चीन नीतिलाई चुनौती दिन खोजिरहेका छन् तर तिनीहरू असफल हुने निश्चित छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com