अफगानिस्तानमा तालिबान शासनको एक वर्ष: छाक टार्न भीख, छात्राकोे पढाई बन्द


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

सन् २०२१ अगस्ट १५ । यो त्यही मिति हो जब तालिबानले अफगानिस्तानमा एक वर्षअघि सत्ता लिएको थियो । तालिबान सत्तामा आएदेखि धेरै आदेश जारी भएका छन्, जसबाट २० वर्षअघिका तालिबान र आजका तालिबानबीच कुनै विशेष भिन्नता छैन भन्ने बुझ्न सकिन्छ ।

अफगानिस्तानमा छात्राहरुको शिक्षा र गरिबीको बारेमा केही गरिएको छैन । कतिपय हिसाबले अफगानिस्तान अहिले पनि पहिलेको जस्तै छ ।

अहिले गल्ली र बजारमा जताततै तालिबान देखिन्छन् । सशस्त्र तालिबान लडाकुहरू पहाडहरूमा तैनाथ छन् । उनीहरुले जताततै चेकपोस्ट राखेका छन् । अफगान जनताको जनजीवन प्रभावित भएको छ । गत जुलाईमा संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदन बाहिर आएको थियो, जसमा महिला अधिकार हनन भएको बताईएको थियो ।

छोरीहरूलाई कक्षा ६ माथिको पढाइ गर्न दिइँदैन । दैनिक जीवनमा महिलाको सहभागिता घटेको छ । धेरै ठाउँमा सरकारी जागिर गुमाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिवान लडाकु र अफगानी पुरुषहरु काबुलमा प्राथनामा सहभागी हुँदै ।

मानिसहरूसँग खाने अन्न छैन

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा तालिबानले प्रदर्शनकारी, सञ्चारमाध्यमको स्वतन्त्रता र अघिल्लो सरकारसँग सम्बद्ध व्यक्तिहरूलाई निशाना बनाएको बताएको छ । जुलाईको प्रतिवेदनमा १६० गैरन्यायिक हत्या, १७८ जना पक्राउ र ५६ जनालाई यातना दिइएको उल्लेख छ ।

तालिबान शासन आएपछि जनतासामु ठूलो खाद्य संकट खडा भएको छ । अफगानिस्तानका लगभग ९० प्रतिशत नागरिकसँग पर्याप्त खाना नभएको ह्युमन राइट्स वाचको अनुमान छ । कुपोषण प्रमुख समस्याको रुपमा देखापरेको छ । भारतले खाद्यान्न अभाव पूरा गर्न गहुँ पठाएको छ ।

भीख माग्न बाध्य छन् जनता

ईदको अवसरमा मानिसहरूले खाना वितरण गर्छन् । तर यस पटक अफगानिस्तानमा खाना वितरण गर्ने भन्दा धेरै माग्नेहरु भेटिएका छन् । जब मानिसहरू खाना बाँड्न पुग्छन्, सयौं बालबालिका र महिलाहरूले उनीहरूलाई घेर्छन् ।

अफगानिस्तानको बेकरीमा धेरै खाद्यबस्तु पाइन्छ, तर मानिसहरूसँग ती किन्न पैसा छैन।

भूकम्पले सयौं घरबारविहीन

यसबाहेक अफगानिस्तानको स्वास्थ्य संस्था पनि नाजुक भएको छ । यही कारण अफगानिस्तानमा हालै आएको भूकम्पले हजारौंको ज्यान लियो । अफगानिस्तानका अधिकांश क्षेत्रमा कच्चा घरहरू देखिन्छन् ।

अफगानिस्तानमा गएको भूकम्पले सयौं मानिस घरबारविहीन भएका छन् ।

काबुलमा तालिवान  ।

मिडिया सञ्चालकहरुमा तालिवानको पकड

तालिबान सत्तामा आएपछि विमानको तल्लो भागमा झुण्डिएर देश छोडेर भागेका तस्बिरहरू पनि देखिएका थिए । तर जब तालिबानले पूर्ण रूपमा आफ्नो शासन स्थापित गर्न सफल भयो, तब उसले आफ्नो वास्तविक रंग देखाउन थाल्यो।

तालिबानले आफ्नो एक वर्षको अवधिमा महिला समाचार वाचिकासँग सम्बन्धित आदेश जारी गरेको थियो। उक्त आदेशमा समाचारवाचिकाले समाचार पढ्दा अनुहार छोप्नु पर्ने उल्लेख थियो । धेरै समाचार वाचिकाहरु मास्क लगाएर समाचार पढिरहेका छन् । कैयन मिडिया बन्द भइसकेका छन् ।

केही राम्रो भएको छ?

सिखमाथि आक्रमण बढेको छ । यद्यपी तालिबानले यस्तो गरिरहेको हो भन्न सकिन्न । तर आक्रमण रोक्न असफल भएको छ । महिला र मानवअधिकारको अवस्था खस्कँदै गएको छ ।

अमेरिकी सेनाले छोडेका हतियार र सवारी साधनहरू प्रयोग गरेर तालिबानले आफूलाई अपग्रेड गरेको छ । आज तालिबानसँग उन्नत हतियारहरू छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com