जगदीप धनखर भारतको १४ औं उपराष्ट्रपतिमा निर्वाचित


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

जगदीप धनखर भारतको १४ औं उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा जम्मा ७२५ मत खसेको थियो । जसमध्ये जगदीप धनखरले ५२८ मत पाएका छन् । अर्कोतर्फ विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरिन् ।

१५ मत बदर घोषित भएको छ । यससँगै उपराष्ट्रपतिको निर्वाचनमा जगदीप धनखर विजयी घोषित भएका छन् ।

देशका नवनियुक्त उपराष्ट्रपति जगदीप धनखरले अगष्ट ११ गते सपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतको उपराष्ट्रपति देशको दोस्रो सर्वोच्च संवैधानिक पद हो। भारतका उपराष्ट्रपति राज्यसभाका सभापति पनि हुन्।

राष्ट्रपति द्रौपदी मुर्मुले जगदीप धनखरलाई शुभकामना सन्देश दिँदै सार्वजनिक जीवनमा उनको अनुभवबाट देशले फाइदा लिने बताएकी छन् । यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष जेपी नड्डाले जगदीप धनखरलाई बधाई दिएका छन्।

उपराष्ट्रपति हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए धनखर

जुलाई २०१९ मा पश्चिम बंगालको राज्यपाल बनेपछि जगदीप धनखरले आफ्नो सम्पूर्ण राजनीतिक करियरमा त्यति धेरै हेडलाइन बनाएका थिएनन्।

पश्चिम बंगालको गभर्नरका रूपमा सुरुका दिनहरूमा मुख्यमन्त्री ममता बनर्जीसँग धनखरको सम्बन्ध राम्रो थियो, तर केही दिनपछि दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउन थाले।

ममता बनर्जीले धनखरलाई गभर्नरको पदबाट हटाउन सार्वजनिक रूपमा धेरै पटक माग गरिन्।

राज्यपालको सपथ ग्रहण गरेपछि महुआ मोइत्राको हालैको ‘कालो विवाद’ सम्म राज्य सरकार र सत्तारुढ तृणमूल कांग्रेससँग विभिन्न मुद्दाहरूमा उनको विवाद जारी रह्यो।

यही कारण हो कि जब एनडीएले २०२२ जुलाई १६ मा उपराष्ट्रपतिको उम्मेदवारको रूपमा उनको नाम घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com