रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘ठूलो क्षति’


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘ठूलो क्षति’ पुगेको यूक्रेनले जनाएको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले शनिबार बताए ।

यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशन  क्षतिग्रस्त बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो । यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् ।

आक्रमणले विद्युत केबुललाई क्षति पु-याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ । घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ ।

“यो आक्रमणपछि उक्त आणविक केन्द्रलाई सुरक्षितरूपमा सञ्चालन गर्न गम्भीर खतरा उत्पन्न भएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसी सेनाले आक्रमणको सुरुवातदेखि नै जापोरिज्हिया संयन्त्र कब्जा गरेका छन् र कीभले उनीहरूलाई त्यहाँ गह्रौं हतियारहरू भण्डारण गरेको आरोप लगाएको छ । तर मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ ।

आक्रमण सम्बन्धमा युरोपेली संघले शनिबार रूसमाथि कडा निन्दा गरेको छ ।यस समूहका वरिष्ठ कूटनीतिज्ञ जोसेप बोरेलले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लेख्नुभएको छ, “जापोरिजझिया आणविक विद्युत केन्द्र वरिपरि रूसको सैन्य गतिविधिको ईयूले निन्दा गर्छ ।”

उहाँले भन्नुभयो, “यो आणविक सुरक्षा नियमहरूको गम्भीर तथा गैरजिम्मेवारपूर्ण उल्लङ्घन र अन्तरराष्ट्रिय मापदण्डप्रति रूसको बेवास्ताको अर्को उदाहरण हो ।”बोरेलले संयुक्त राष्ट्रको आणविक निगरानी, अन्तरराष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई यस केन्द्रमा अनुगमनका लागि पहुँच प्रदान गनुपर्ने बताउनुभयो ।

आईएईएले केन्द्रको निरीक्षण गर्न हप्तौंदेखि एउटा टोली पठाउने प्रयास गर्दै आएको छ । यूक्रेनले यस प्रयासलाई अहिलेसम्म अस्वीकार गरेको छ । यूक्रेनले अन्तरराष्ट्रिय समुदायको नजरमा यस स्थलमा रूसको आधिपत्य रहेको दावी गर्दै आएको छ ।

रूसले भनेको छ, “रूसी आणविक केन्द्र सञ्चालक रोजाटमका कर्मचारीहरूले आक्रमण हुनुभन्दा केही समयअघि नै केन्द्र छोडेका थिए तर यूक्रेनी कर्मचारीहरू त्यहीं बसेका थिए र यो केन्द्रले अझै बिजुली उत्पादन गरिरहेको थियो ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “यस केन्द्रमा भएको कुनै पनि विस्फोट निर्लज्ज अपराध हो, यो आतङ्कवादी गतिविधि हो ।” त्यसैगरी यूक्रेनी विदेश मन्त्रालयले ‘काम गर्ने रिएक्टरमा प्रहार गर्दा हुने सम्भाव्य परिणामहरू परमाणु बम प्रयोग गर्नु बराबर हो’ भनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com