ताइवानबाट पेलोसी फर्किन् तर संकट छाडेर, बदलामा चीनबाट सैन्य अभ्यासको घोषणा
प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई अमेरिकी समर्थन स्वीकार गर्न उत्सुक नेताहरूले ताइवानमा स्वागत गरे। तर जब उनी बुधवार संकट छाडेर ताइबान प्रस्थान गरेकी छिन् ।
भ्रमणका क्रममा पेलोसीले ताइवानका सांसदहरू र त्यसपछि ताइवानका राष्ट्रपति साइ यिङ वूनसँग भेटेकी थिइन् । चीनले आफ्नो दाबी गर्दै आएको टापुको लागि पेलोसीले अमेरिकी सहयोगको आश्वासन प्रस्ताव गरेकी थिइन् ।
बैठकहरू हल्का भए तापनि ताइवानमा एक प्रतीकात्मक विजयको रूपमा पेलोसीको व्यापक स्वागत गरिएको थियो । जसमा एक प्रमुख विदेशी शक्ति अमेरिकाले चीनको तीव्र विरोधको सामना गर्दै आफ्नो समर्थन देखाएको छ ।
यसको बदलामा पलोसी फर्किएसँगै चीनले सैन्य अभ्यासको घोषणा गरेको छ । चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको हो । चीनले ताइवानमा प्राकृतिक बालुवाको निर्यात पनि रोकेको छ र ताइवानबाट केही प्रकारका फलफूल र माछाको आयात पनि रोकेको छ।

बिहीवारदेखि सुरु हुने पाँच दिन लामो सैन्य अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने जनाइएको छ । त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुने भएको छ । चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन्।
बाइडेन प्रशासनले चीनको सामना गर्न एशियामा आर्थिक र कूटनीतिक रणनीति निर्माण गर्न महिनौं खर्च गरेको छ । तर ताइवानको स्वतन्त्रतालाई प्रायः समर्थन नगर्ने युरोपले द्वन्द्वबाट टाढा रहन खोजेको छ।
बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि चीनले ताइवानमा पेलोसीको भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरेकी थिइन् । चीनका विदेशमन्त्री वाङ यीले वक्तव्य जारी गरेर आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने चेतावनी दिएका छन् ।
अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ। अमेरिकाले चिनियाँ सरकारलाई मान्यता दिएपनि ताइवानसँग बलियो अनौपचारिक सम्बन्ध रहदै आएको छ । जसअन्तर्गत ताइवानलाई प्रतिरक्षाका लागि हतियार बेच्न सक्छ। पेलोसी २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ हुन् ।








