बेलायतले गणेशको तस्बिरसहितको सुनको बिस्कुट सार्वजनिक गरेको छ । बेलायतको रोयल मिन्टले गणेश चतुर्थी अगाडि भगवान गणेशको तस्बिरसहितको सुनको बिस्कुट जारी गरेको छ । यो सातादेखि २० ग्राम तौलका बिस्कुट अनलाइनबाटै बिक्री हुने भएको छ । एउटा बिस्कुटको मूल्य १११०.८० पाउन्ड रहेको बताइएको छ ।
गत वर्ष दीपावलीमा रोयल मिन्टले लक्ष्मीको छविसहितको बिस्कुट जारी गरेको थियो । दुवै बिस्कुट नोबेल नामका डिजाइनरले बनाएका हुन् । नयाँ सिक्कामा गणेशको हातमा थाली र खुट्टामा लड्डू राखिएको छ ।
रोयल मिन्टले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ भगवान गणेशलाई रोयल मिन्टले पहिलो पटक २० ग्राम सुनको बिस्कुटमा सम्मान गरेको छ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।