नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ


प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताउनुभयो ।

उहाँले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछाँै भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “इयूको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसका लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ । आइकाओको अडिटबाट हामीले जुन पोजिशन पाएका छौँँ, अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो ।”

उहाँले इशाका तर्फबाट अनसाइट अडिट भइसकेपछि नेपाल सुरक्षा सूचीबाट हट्ने र नेपालले युरोपमा उडान गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउँदै विमानस्थलमा एयरलाइन्सलाई आकर्षण गर्न र विभिन्न छुट तथा सुविधाहरु दिइने उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको अडिटले नेपालको उडान सुरक्षादर विश्वस्तरभन्दा माथि रहेकाले इयूले उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको भन्दै छिट्टै नेपाल युरोपका आकाशका लागि खुला हुने विश्वास व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com