अमेरिकाको केन्टकीमा आएको बाढीमा ६ बालबालिकासहित १६ को मृत्यु, बाइडेनबाट प्रकोप घोषणा


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

Aerial view of homes submerged under flood waters from the North Fork of the Kentucky River in Jackson, Kentucky, on July 28, 2022. – At least three people have died after torrential rains caused massive flooding in eastern Kentucky, leaving a number of people stranded on rooftops and in trees, the governor of the southeastern US state said Thursday. (Photo by LEANDRO LOZADA / AFP)

अमेरिकाको पूर्वी केन्टकीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या शुक्रबार कम्तिमा १६ पुगेको छ, जसमा ६ जना बालबालिकाहरु समेत छन् । मूसलधारे वर्षाले घरहरू बगाएको छ भने सडकहरू जलमग्न भएका छन् । मृत्यु हुनेहरुको संख्या अझ बढ्ने चेतावनी दिइएको छ ।

प्रहरी र नेशनल गार्डले केन्टकीको एपलाचियन कोइला खानी क्षेत्रमा दर्जनौं मानिसहरूलाई घर र सवारी साधनबाट उद्धार गर्न हेलिकप्टर र डुङ्गाहरू प्रयोग गरेका छन् । बाढीको पानी घरको छानासम्म पुगेको र सडकहरु खोलामा परिणत भएको भिडियोहरुमा देखाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समाप्त नभएको र आफूहरुले खोजी र उद्धार गरिरहेको गभर्नर एन्डी बेशियरले बताएका छन् । राज्यको राजधानी फ्रान्कफर्टबाट करिब १०० माइल दक्षिणपूर्वमा रहेको २,२०० मानिसको बसोबास रहेको सहर ज्याक्सनको अधिकांश भाग डुबानमा परेको छ ।

डिसेम्बरमा राज्यको पश्चिमी भागमा झन्डै ८० जनाको ज्यान लिने आँधीबेहरीपछि आएको बाढी केन्टकीमा सात महिनामा आएको दोस्रो ठूलो प्रकोप हो। यस क्षेत्रमा २४ घण्टामा ५ देखि १० इन्च सम्मको वर्षा भएको कारण बाढी आएको हो ।

राष्ट्रपति जो बाइडेनले शुक्रबार केन्टकीमा प्रकोप घोषणा गर्दै संघीय सहायताका लागि अनुमति प्रदान गरेका छन् । वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले आफ्नो राज्यका छ वटा काउन्टीहरूमा संकटकाल घोषणा गरको छन् । त्यहाँ भारी वर्षापछि आएको बाढीको कारणले पिउने पानी प्रणालीलाई अवरुद्ध गरेको छ भने सडक पनि अवरुद्ध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com