श्रीलंकामा संकटकालको घोषणा


प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । श्रीलंकामा जारी विरोध प्रदर्शन र सामाजिक अशान्तिलाई शान्त पार्ने प्रयास भइरहेको छ । श्रीलंका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम गर्न र अत्यावश्यक सेवाको आपूर्ति र मर्मतसम्भारलाई निरन्तरता दिन पनि त्यसो गर्नु जनताको हितमा छ ।

श्रीलंकासँग सम्बन्धित आधारभूत कुराहरू: 

 एक टापु देश होः श्रीलंका १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भयो। त्यहाँ तीन जातीय समूहहरू छन् – सिंहला, तमिल र मुस्लिम। दुई करोड २० लाख जनसंख्या भएको देशमा यी तीन समुदाय ९९ प्रतिशत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षौंसम्म एउटै परिवारका भाइहरूको शासनः तमिल पृथकतावादी विद्रोही र सरकारबीच वर्षौंदेखि चलेको रक्तपातपूर्ण गृहयुद्ध सन् २००९ मा समाप्त भयो। महिन्दा राजापाक्षे त्यतिबेला बहुसंख्यक सिंहली जनताबीचको यो गृहयुद्ध अन्त्य गर्न नायकको रूपमा देखा परेका थिए। त्यो समयमा महिन्दा राजपाक्षेका भाइ गोटाबाया राजापाक्षे श्रीलंकाका रक्षामन्त्री थिए। अब गोटबायाले राष्ट्रपति भएर देश छाड्नुपरेको छ ।

राष्ट्रपतिको अधिकारः श्रीलंकामा, राष्ट्रपति देश, सरकार र सेनाको प्रमुख हो, तर धेरै प्रकारका अधिकारहरू  प्रधानमन्त्रीसँग बाँडफाँड गरिन्छ।  प्रधानमन्त्री संसदमा सत्तारुढ दलको प्रमुख हुन् ।
आर्थिक संकटले सडकमा जनता :  खाद्यान्न, औषधि र इन्धनको आपूर्ति नगन्य, मुद्रास्फीति सातौं आकाशमा छ । सरकारको विरोधमा आम जनता सडकमा उत्रिएका छन् । श्रीलंकाका जनताले आर्थिक संकटको लागि राजपाक्षे परिवारलाई जिम्मेवार ठानिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com