पोर्तुगलमा सोसियल खरिद बिक्रि गर्ने १२ जना पक्राउ


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

गणेश पाण्डेय, पोर्तुगल।

पोर्तुगलको न्यायिक प्रहरीले अबैध रुपमा सोसियल खरिद बिक्रि गर्ने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरेको छ जसमध्ये ६ जना सोसियल सेक्युरिटी अफिसरहरू रहेका छन्।उनीहरुले गैर कानुनी तरिकाले सोसियल नम्बर प्रदान गरेर पोर्तुगलमा अबैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई सहयोग गरेको आरोप लागेको छ।

पोर्तुगलको न्यायिक प्रहरीद्वारा न्युजडेस्कको लागि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ” सोसियल नम्बरकोको अबैध धन्दामा सोसियल सेक्युरिटी ग्राहक व्यवस्थापन टिमका ६ जना सहित दक्षिणी एसियाली मुलुकका अन्य ६ जना संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको हो ” ।

पक्राउ पर्नेहरुलाई प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा भ्रस्टाचार गरेको, पद र शक्तिको दुरुपयोग गरेको, नक्कली कागजात प्रयोग गरेको र गलत सुचनाहरु प्रवाह गरेको आरोप लगाईएको छ। पोर्तुगल सरकारको भ्रस्टाचार बिरुद्धको राष्ट्रिय अभियान इकाईले डीआइएपी लिस्बोनको सहयोगमा सो अप्रेशन गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेका आरोपीहरुले बिदेशी नागरिकहरुलाई गैर कानुनी तरिकाले वा नक्कली सोसियल सेक्युरिटी नम्बर प्रदान गर्न सोसियल सेक्युरिटी कम्प्युटर सिस्टमलाई फेरबदल गरेको, कम्प्युटर सिस्टममा डाटाहरु फेरबदल गरेको र नक्कली डाटाहरु सिर्जना गेरको आशंका गरिएको छ, जसवाफत उनीहरुले सयौ अनि हजारौ यूरो लिनेगरेको तथ्यहरु सार्वजनिक भएको छ।

न्यायिक प्रहरीले लिस्बोनको २६ आवासीय र २२ गैर आवासीय गरी जम्मा ४८ ठाउहरुमा सर्च अप्रेशन गरेको थियो। यसै क्रममा प्रहरीले कयौ कम्पनीहरु र सोसियल सेक्युरिटी सर्भिसेजहरुमा समेत छापा मारेको थियो। प्रहरी अप्रेशनका क्रममा अपराध क्रियाकलापमा प्रयोग गरिएका कयौ कागजातहरु सहित पचास हजार यूरो भन्दा बढी रकम बरामद समेत गरिएको छ।

सोसियलको गैर कानुनी खरिद बिक्रीको धन्दामा लिस्बोनमा रहेका अधिकांस साइबर र रेमिट्यान्स व्यवसायीहरु संलग्न रहेका र केही नेपाली व्यवसायीहरु सहित सामाजिक अभियन्ताहरु र गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरु समेत संलग्न रहेको बिशेष श्रोतको दाबि छ। सामाजिक संस्थाको आवरणमा कयौ नेपालीहरुले सोसियलको गैर कानुनी खरिद बिक्रिलाई आफ्नो कमाइखाने भाडो बनाएको बिशेष श्रोत बताउछ । त्यस्तै नेपालीका खेतीमा म्यानपावर सप्लाई गर्ने एजेन्ट कम्पनीहरुले पनि कामदार खोज्दै सोसियल सेक्युरिटी अबैध तरिकाले बनाउने र त्यसवाफत मोटो रकम असुल्ने कृषिमा रहेका कामदारहरु बताउछन। कयौ कामदारहरुले कृषिका एजेन्ट कम्पनीहरुलाई सोसियल नम्बर निकाल्ने भनेर पैसा बुझाएको महिनौसम्म पनि सोसियल नम्बर नआएपछि पैसा फिर्ता पाउन पनि निकै कसरत गर्नुपरेको बताउछन।

पक्राउ परेका आरोपीहरुलाई चाडै नै थप प्रमाण सहित अदालतमा उपस्थित गराईने न्यायिक प्रहरीले बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com