साकेला नाच्दै सकियो किरात राईको भेला, जुलाई १० मा न्युयोर्कमा साकेला


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको वासिंटन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा आजिवन सदस्यहलाई प्रमाणपत्र दिइयो ।

कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाका पूर्वसभापति मिलन राईले साकेलाको शुभकामना दिए । उनले संस्थाको संरचनाको परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्दै सम्पूर्ण किरातहरु अझै एकृकित हुँदै मजबुत एकता निर्माण गर्नु पर्ने सुझाए।

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरका अध्यक्ष ध्रुब कुंवर, युक्राका केन्द्रिय उपाध्यक्ष केशव राई, युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राई लगायतले साकेलाको शुभकामना दिए । उनीहरुले जुलाई १० मा न्युयोर्कमा हुने साकेला कार्यक्रममा उपस्थितिका लागि अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई निम्तो समेत दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको सभापतित्व डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राईले गरेकी थिइन्। कार्यक्रममा उपाध्यक्षमा डा भविराज राईले स्वागत मन्तव्य दिए । युक्राका केन्द्रिय समितिका उपाध्यक्ष कुसुम राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नक्छुंग पदम चम्लिङ्ग, डा. सेर बहादुर लिम्बु, विष्णु देवान, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, युक्रा न्युयोर्क च्याप्टर तथा कलाकार संघ अमेरिकाकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई लगायत दिए ।

कार्यक्रममा युक्राका केन्द्रिय उपाध्यक्ष केशव राईले बालबालिकाहरुलाई साकेला सिली सिकाएका थिए।

डिएमभिपीको कार्यकारी समितिमा हाल अध्यक्ष समिता राई, उपाध्यक्षमा डा. भविराज राई, महासचिव सरिता राई र कोषाध्यक्षमा प्रितम राई रहेका छन्। त्यस्तै, सदस्यहरुमा विवेक राई, रुरु राई र सुमी राई रहेका छन्। यस च्याप्टरको सल्लाहाकारमा मिलन राई रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com