पेरिस आक्रमणका दोषीलाई सुनाइयो फ्रान्सकै इतिहासको सबैभन्दा कठोर सजाय


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

 

सन् २०१५ को पेरिसमा हमला गर्ने समूहका एकमात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ। सलाह अब्देस्लामलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको छ । यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो । सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ । जसमध्ये ६ जना दोषीको मृत्यु भइसकेको बुझिएको छ । यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो। गत वर्ष सेप्टेम्बरदेखि मुद्दामा सुनुवाइ चलिरहेको थियो।
विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका आफन्तहरू मुद्दाको सुनुवाइ गर्न पेरिसको विशेष अदालतमा भेला हुने गरेका छन् । यो आक्रमण दोस्रो विश्वयुद्ध पछि फ्रान्सको इतिहासमा सबैभन्दा भयानक मानिन्छ।

नोभेम्बर १३,२०१५ मा, बार, रेस्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक संगीत स्थल लगायत फ्रान्सका विभिन्न स्थानहरूमा आक्रमणहरू भएका थिए। यस क्रममा सयौं घाइते  छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दाको सुरुमा, अब्देस्लामले आफूलाई इस्लामिक स्टेट चरमपन्थी समूहको ‘सिपाही’भनेर वर्णन गरे। यद्यपि, अब्देस्लामले पछि पीडितहरूसँग माफी मागे र अदालतलाई भने कि उनी हत्यारा होइनन् र हत्याको लागि सजाय दिनु अनुचित हुनेछ।

अब्देस्लामले आक्रमणको रात आफ्नो आत्मघाती ज्याकेट नफुटाउने निर्णय गरेको दाबी गरे। तर पछि अदालतमा पेश गरिएका प्रमाणबाट ज्याकेटमा खराबीको कारण विस्फोट नभएको पत्ता लागेको थियो । अब्देस्लाम आजीवन जेलमै बस्नुपर्नेछ । फ्रान्सको कानुनअनुसार अब उनीहरूले ३० वर्षको जेल सजाय काटिसकेपछि मात्रै प्यारोलको लागि आवेदन दिन सक्छन् ।-फाइल फोटो

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com