चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
यसअघि शुक्रबार अमेरिकी नौसेना पी – ८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो।
ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान “स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता” को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ । ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोकाका साथ अध्ययन गरिरहेको छ ।-एएनआई
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।