मेलम्चीमा विनाशकारी बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम


प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार

af9Ln] aufPsf] 3/ d]nDrL vf]nfdf cfPsf] af9Ln] ;f]daf/ /flt d]nDrL–!! df aufPsf] 3/ . ut c;f/ ! ut] s6fg u/]sf] ;ft 3/ af9Ln] aufPsf] 5 . tl:a/M b]j/fh ;’j]bL÷/f;;

मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । गत वर्षको बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उहाँको परिवार सुुकुम्बासी बनेको छ । सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढीले सखाप पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढीबाट प्रभावितहरूको छ ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगायोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सातवटा झोलुङ्गे पुल, नौवटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भए । एक वर्षसम्म पनि अस्थायी टहरामुनि नै गुजारा चलाइरहेका बाढी प्रभावितहरू स्थायी घर बनाउन सरकारकै बाटो हेरेर बसिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्किन नपाएको हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योतिको भनाइ छ । बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाहरूको पनि आफ्नै पक्की घर बनाउने सपना सरकारकै कारण अझै अधुरो छ । आफ्नो भएको घर र व्यवसाय बाढीले बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठलाई सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधँै सताउने गरेको छ ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनी बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयवासीको ठम्याइ छ ।

मेलम्ची बाढीजस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको छ । सोको पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुखहरू बताउँछन् ।

गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ । निजी आवास निर्माणको प्रक्रिया अगाडि बढे पनि केही समस्याका कारण ढिलाइ भइरहेको शेर्पाले बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पनि धेरै जना बाढी प्रभावितको सम्झौता भइसकेको र केही अहिले पनि भइरहेको भन्दै यसअघिको स्थानीय सरकारले चालेका प्रक्रियाअनुसार नै छिट्टै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको जानकारहरु बताउँछन् । बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको बिज्ञहरुको तर्क छ ।

प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकमले नदी नियन्त्रण तथा गहि¥याउन केही काम थाले पनि फेरि बर्खा सुरु भएसँगै आएको पानीले यी काम प्रभावित भएका छन् । मेलम्ची, इन्द्रावती, पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अगाडि आएको बाढीले बगाएपछि अहिले यी क्षेत्रमा जानका लागि समस्या भएको छ । हेलम्बु गाउँपालिका–७ चनौटेमा  नेपाली सेनाको सहयोगमा निर्मित बेलीब्रिजले भने केही सहज भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com