तनावका बीच अमेरिका र दक्षिणकोरियाको लडाकु विमान प्रदर्शनी


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिणकोरिया र अमेरिकी सेनाले मङ्गलबार दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् । उत्तरकोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी एकजना वरिष्ठ अमेरिकी अधिकारीले दिएका छन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले हवाई प्रदर्शनीमा १६ दक्षिणकोरियाली विमान र एफ ३५ए स्टिल्थ लडाकुसहित चार अमेरिकी एफ १६ लडाकू जेट समावेश गरिएका बताएका छन् । उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । आजको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो ।

उत्तरकोरियाले चाँडै नै शाक्ति बढाउन सक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरू बताएका छन् । उत्तरपूर्वी शहर पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण मैदानमा अर्को परीक्षण गर्न प्योङयाङ तयार रहेको छ । सन् २०१७ को सेप्टेम्बरमा उसले अन्तरमहाद्वीपीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्यूक्लियर बम विस्फोट गरेको दाबी गरेको थियो ।

उत्तरकोरियाले लामो समयदेखि अमेरिका र कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गरेको छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपण पछि संयुक्त राज्य अमेरिकाले जापान र दक्षिण कोरियासँग स्परेट संयुक्त मिसाइल अभ्यासहरू सञ्चालन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिङटन र प्योङयाङबीचको आणविक वार्ता उत्तरको निःशस्त्रीकरणका कदमका लागि अमेरिकी नेतृत्वमा लगाइएका कडा प्रतिबन्धको फुकुवामा असहमति हुँदा सन् २०१९ देखि अवरुद्ध भएको छ । राष्ट्रपति किमले आर्थिक समस्याका बावजुद आफ्नो परीक्षण गतिविधिलाई बढाएका छन् । उनले अमेरिकासमक्ष आत्मसमर्पण नगर्ने अडान त्यागेका छैनन् ।

उत्तरकोरियाली सरकारले वार्ताका लागि बाइडेन प्रशासनले गरेको प्रस्तावलाई लचिलो भएर स्वीकार गरेको छैनभने निष्क्रिय निःशस्त्रीकरण वार्तालाई पारस्परिक हतियार घटाउने प्रक्रियामा रूपान्तरण गर्ने स्पष्ट रूपमा मनसाय नराखेको जानकारहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com