भारतको मध्य प्रदेशमा पानीको चरम समस्या उजागर गर्ने भाइरल भिडियो
प्रकाशित मिति : जेष्ठ २०, २०७९ शुक्रबार
भारतमा पानीको लागि इनारको पर्खाल चढिरहेकी महिलाको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा केही महिला इनारबाट पानी निकालेपछि बिना डोरी इनारको भित्तामा चढिरहेका देखिन्छन् । मध्य प्रदेशको घुसिया गाउँको उक्त भिडियोले त्यस भेगका कैयौं स्थानमा कायम पानीको अभावलाई उजागर गर्छ ।
घुसिया गाउँका मानिसहरु इनार र पोखरीका पानी सुकेपछि यस्तो जोखिमपूर्ण रुपमा पानी निकाल्न बाध्य भएका छन् । मध्य प्रदेशबाहेक भारतका अन्य क्षेत्रका मानिसहरुले पनि यस्तै संकट व्यहोरिरहेका छन् । यसअघि पनि पानीका लागि ज्यान जोखिममा पार्ने काममा संलग्न मानिसहरुको भिडियो बाहिरिन्थ्यो ।
‘गाउँभरमा तीनवटा इनार छन् । ती सुकेर तिनको पिँधमा मात्र पानी बचेको छ । हाते चापाकलमा पानी आउन छाडेको धेरै भइसक्यो । सरकारी कर्मचारी र राजनीति दलका नेता चुनावको समयमा मात्र यहाँ आउँछन् । हामीले पानीको आपूर्ति नभएसम्म मतदान नगर्ने निर्णय गरेका छौं ,’ एकजना गाउँले महिलाले भनिन् ।
सन् २०१९ मा सार्वजनिक एक विश्वव्यापी रिपोर्टले भारतलाई विश्वमा ‘पानीको समस्या’ ‘अत्यन्त उच्च’ रहेको १७ मुलुकमध्ये एकमा समावेश गरेको थियो ।
#WATCH | Madhya Pradesh: People in Dindori's Ghusiya village risk their lives to fetch water from an almost dry well pic.twitter.com/jcuyLmE5xL
— ANI MP/CG/Rajasthan (@ANI_MP_CG_RJ) June 2, 2022






