‘शहीद तथा घाइते, अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

k|ltlglw;ef a}7s sf7df8f}F, !@ h]7M k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7s . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति तथा कार्यक्रम हुन नसकेको टिप्पणी गर्दै कृषिसम्बन्धी मलखादका बारेमा सही समाधानको बाटो खोज्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गता भएकाका बारे नीति तथा कार्यक्रम बोल्न नसकेको उल्लेख गर्नुभयो ।

सांसद हीरादेवी गौतमले कृषकले सहज र समयमै मल पाउन नससकेको अवस्थामा नीति तथा कार्यक्रमले ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्दै गरीब तथा विपन्न परिवारप्रति वर्तमान सरकार गम्भीर हुन नसकेको बताउनुभयो । सांसद सिन्धुबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले तल्लो तहका जनसमुदायलाई सम्बोधन गरेको भन्दै सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा उत्पीडित समुदाय, वैदेशिक रोजगारीलगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

सांसद वीना पोखरेलले नीति तथा कार्यक्रममा समावेशी सबै विषयलाई बजेटले समेट्न सक्नुपर्ने बताउनुभयो । सांसद शारदादेवी भट्टले मुलुकमा व्याप्त महिला हिंसा अन्त्यका निम्ति नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले खानेपानी, नालीको व्यवस्था, बाटोको व्यवस्थासहितको सहरी बस्ती निर्माण हुनुपर्ने बताउनुभयो । आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com