नयाँ शैक्षिकसत्र सुरु भयो, ‘पुस्तक छैन, कसरी पढ्नु ?’


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताउनुभयो । “किताब नहुँदा अप्ठ्यारो भएको छ”, बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुष्पा केसीले भन्नुभयो, “सर, मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ ।” कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयका शिक्षिक गीता सुवेदीले बताउनुभयो । “पाठ्यक्रम यथावत रहेको कक्षामा पुराना पुस्तक वितरण गरेर काम चलाएका छौँ”, उहाँले भन्नुभयो, “फेरिएको पाठ्यक्रमअनुसारको नयाँ पुस्तक नहुँदा पाठ अघि बढाउन सकिएको छैन ।”

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिनुभयो ।

“मतपत्र छपाउँदा पुस्तक छाप्न ढिलाइ भएको कारण देखाइए पनि कागज अभावले पुस्तक छपाइलाई प्रभावित बनाएको हो”, उहाँले भन्नुभयो, “न्यून सङ्ख्यामा छापिएका पुस्तकको वितरण पनि व्यवस्थित छैन ।” जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित कार्यालयले मङ्गलबार आयोजना गरेको वितरकहरूसँगको बैठकले आएका पुस्तक प्रदेशभरका जिल्लामा दामासाहीका दरले वितरण गर्ने निर्णय गरेको छ ।

“कक्षा ६ को ३४ हजार पुस्तक आवश्यक पर्नेमा अहिले चार हजार मात्र आएको छ”, महासङ्घका प्रदेश अध्यक्ष गौतमले भन्नुभयो, “पूरा सेटमा पुस्तक नआएको र भएको पुस्तक पनि वितरण व्यवस्थित नहुँदा समस्या हुने देखिन्छ ।”

पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com