अमेरिकाको बाल्टिमोरमा मेगाबस दुर्घटनामा २७ जना घाइते


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको मेगाबस दुर्घटनामा २७ जना घाइते भएका छन् । आइतबार बाल्टिमोरको आई ९५ नर्थ मा किंग्सभिल नजिकै उक्त दुर्घटना भएको हो ।

४७ जना यात्रुहरु बोकेको उक्त बस दुर्घटनामा घाइते २७ मध्ये १५ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनामा अन्य कुनै गाडी समावेश नभएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । अस्पताल भर्ना हुने १५ जनामा गाडीका चालक समेत रहेको मेगाबसले जनाएको छ ।

अस्पतालमा भर्ना गरिएका १५ मध्ये ७ जनालाई डिस्चार्ज गरिसकिएको छ । उनीहरुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था पनि मेगाबसले नै गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com