समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्ने प्रेरणा मिलेको छ : अध्यक्ष पुष्पकमल दाहाल


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको शुभकामना सन्देशमा गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उक्त कामना गर्नुभएको हो ।

“नेपाली समाज विविधताले भरिपूर्ण एकताबद्ध र सहिष्णु समाज हो, समाजको विकास पनि एकापसका सामुदायिक भावनाहरूको सम्मानले नै हुने गर्छ,” सन्देशमा भनिएको छ, “सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ ।”

नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतमबुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी भएको र बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व रहको उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका क्रममा अहिले हामी स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको चरणमा छौँ,” सन्देशमा भनिएको छ, “छिट्पुटका घटनाबाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ ।”

अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान पाँच दलीय गठबन्धन सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताउनुभएको छ ।

त्यसैगरी, अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com