बेलायती संसद साइबर हमलाको शिकार भएको छ । संसद सदस्य र उनीहरुका कार्यालयहरुलाई लक्ष्यीत गरेर ह्याकरहरुले साइबर हमला गरेका छन् । ह्याकरहरुले सांसदहरुका इमेल एकाउन्टहरुलाई लक्ष्यीत गरेकाले कैयन इमेलहरुमा समस्या आएको छ ।
साइबर हमला कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । यसभन्दा अगाडिको साइबर हमलामा ह्याकरहरुले संसद सदस्यहरुका कम्युटरहरुमा पहुच कायम गर्न नक्कली इमेल पठाएका थिए । इमेल खोलेपछि कम्प्युटरमा पहुच कायम गर्न ह्याकरहरुलाई सहज भएको थियो । तर यसपटक भने सबै संसदीय इमेलहरुलाई ह्याकरले निशाना बनाएका छन् ।
रुसी ह्याकरहरुले गतसातामात्र बेलायती राजनीतिज्ञ, प्रहरी अधिकारीहरु र कुटनीतिज्ञहरुका पासवर्डहरुको कारोबार गरेको टाइम्सले रिपोर्ट प्रकाशित गरेको थियो । संसदका प्रवक्ताले संसदीय इमेल ठेगानामा पहुच कायम गर्न ह्याकरहरुले अनाधिकृत प्रयास गरेको पुष्टी गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।