धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल अगाडि


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिनुभएको छ । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाउनुभएको छ । वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि हुनुहुन्छ ।

उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाउनुभएको छ । मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि हुनुहुन्छ । टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका प्रमुख अगाडि हुनुहुन्छ । टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com