झापामा मतदाता बढे, मतदान गर्ने घटे


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८४० ले मतदान गरेका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा हाल छ लाख ४६ हजार २६४ मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या तीन लाख २१ हजार ५२० रहेको छ भने महिला मतदाताको सङ्ख्या तीन लाख २४ हजार ७०५ जना रहेको छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४.६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार ९४४ मतदाता रहेका थिए । मतदातामध्ये पुरुषको सङ्ख्या आठ हजार २० रहेको थियो भने महिलाको सङ्ख्या आठ हजार ५९७ रहेको थियो । यहाँ कूल मतदातामध्ये १७ हजार ८७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कूल मतदाताले खसालेको मतको ७४.६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४.४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको सङ्ख्या २५ हजार ८२६ रहेको छ । कूल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार २१७ ले मतदान गरेका छन् ।

त्यस्तै सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार २६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कूल मतदानको ६६.३६ प्रतिशत मात्र हो ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २८६ वटा मतदानस्थलका ७५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र कायम थिए ।

झापामा ६८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार ७८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ÷आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात÷सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै १६९ जनाको उम्मेदवारी रहेको थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष १३१, महिला सदस्य १३१ र दलित महिला सदस्य १३१ गरी ३९३ जना र खुला सदस्य २६२ गरी जम्मा ६८५ जना जनप्रतिनिधि चयन हुनेछन् ।

कचनकवल गाउँपालिका र मेचीनगरमा भने एक/एक जना उम्मेदवार यसअघि नै सर्वसम्वत भएका छन् तर मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले आधिकारिक घोषणा गरेको छैन । कचनकवल गाउँपालिका–४ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य पदकी उम्मेदवार विजली दाशको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्वत हुनुभएको छ ।

मेचीनगर–११ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दलित महिला सदस्य पदकै उम्मेदवार रञ्जिता नेपाली सुन्दासको मात्रै उम्मेदवारी परेपछि उहाँ पनि सर्वसम्मत हुनुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com