२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

सोमबारदेखि मेडिकल डाक्टरको अमेरिकी कामदार भिसा फटाफट

युएससीआईएसले आगामी सोमबारदेखि मेडिकल डाक्टरहरुका लागि फाइल गरिएका सबै एच वान बी कामदार भिसाका आवेदनहरुको तीब्र गतिको निर्णय प्रकृया पुन सुरुवात गर्ने भएको छ । एक्सचेन्ज भिजिटरका रुपमा जे १ भिसा पाएका मेडिकल डाक्टरहरुले जे १ भिसामा जुन प्रयोजनका लागि अमेरिका आएको हो त्यो प्रयोजन पूरा गरेपछि स्वेदशमा २ बर्ष बिताउनुपर्ने प्रावधानभएपनि २ बर्षको प्रावधान पूरा गर्न नपर्नेगरी प्रदान गरिएको वेभर कार्यक्रम अन्तरगत प्राप्त एच वान बी भिसाका आवेदनको प्रिमियम प्रोसेस सुचारु गर्न लागिएको हो । प्रिमियम प्रोसेसका लागि योग्य आवेदनहरुबारे युएससीआईएसले शीघ्र निर्णय दिनेगर्छ ।

अमेरिकाको संघीय सरकारी निकायको रुचीको मापदण्डमा मेडिकल डाक्टरका लागि फाइल गरिएका आवेदनमा पनि प्रिमियम प्रोसेस सुचारु गरिने भएको छ । आगामी सोमबारदेखि योग्य मेडिकल डाक्टरका लागि आवेदनकर्ताले शीघ्र निर्णयका लागि अनुरोध गर्ने आई ९०७ र गैरआप्रवासी कामदारको आवेदन फर्म आई १२९ फाइल गर्न सक्नेछन् । फर्म आई ९०७ एचवानबीको आवेदनसँगै वा निर्णय नभएको एचवानबी आवेदनका लागि अलग्गै पनि फाइल गर्न सकिने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले अन्य प्रकारका एचवान बी आवेदनमा पनि प्रिमियम प्रोसेस सुचारु गर्ने योजना बनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे भविश्यमा घोषणा गरिने युएससीआईएसको भनाई छ । हाल योग्यताप्राप्त मेडिकल डाक्टरहरुबाहेक अन्य सबै एचवानबी आवेदनको प्रिमियम प्रोसेस अस्थायी रुपमा स्थगन गरिएको छ । तोकिएको बाहेक अन्य प्रकारका एचवानबी भिसामा प्रिमियम प्रोसेसको अनुरोध सहित फर्म पठाएमा त्यस्ता फर्म अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →