मतपत्र र निर्वाचन सामग्रीसहित मतदान अधिकृत मतदान केन्द्रमा


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

dtbfg ;fdu|L ?h’ ub}{ sd{rf/L b]pv’/L,@& j}zfv M :yfgLo tx lgjf{rgsf nflu dtbfg s]G›df hfg’cl3 3f]/fxLsf] d’Vo lgjf{rg clws[tsf] sfof{nodf dtbfg ;fdu|L ?h’ ub}{ sd{rf/L . tl:a/ M /l~htf clwsf/L÷/f;;

 

वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका लागि कास्कीका मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराबाट आज सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुले मतदान सामग्री बुझ्नुभएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत आकाङ्क्षा रिजालले मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका ६४ प्रकारका सामग्री प्रदान गरिएको बताउनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिकाको केही मतदान केन्द्रमा बाहेक सबैमा मतपत्रसहित कर्मचारी पुगेका छन् । पोखरा महानगरका पनि सबैलाई साँझसम्म सामग्री प्रदान गरिसकिने बताइएको छ । मतदान अधिकृतहरुले निर्वाचन कार्यालयबाट मतदान सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचन अधिकृत रिजालले भन्नुभयो, “चारवटा गाउँपालिकामा सबै मतदान अधिृकतहरुले मतदान सामग्री बुझेर जानुभएको छ, उहाँहरु आजै तोकिएको केन्द्रमा पुग्नुहुनेछ ।” स्थानीय तह निर्वाचनका लागि कास्कीका पाँचवटा पालिकामा गरी १५० मतदानस्थल र ३३६ मतदान केन्द्र तोकिएका छन् । पोखरा महानगरपालिकामा सबैभन्दा धेरै मतदान केन्द्र रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सात जना कर्मचारी खटिने छन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीन जना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् ।

निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधा बुझेका छन् । चार गाउँपालिकाका अधिकृतलगायतका कर्मचारीले सोमबार र पोखरा महानगरकालाई आज प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिृकत निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com