दुई वर्षभित्र विश्वले आर्थिकमन्दी सामना गर्ने सिंगापुरका प्रधानमन्त्रीको चेतावनी


प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार

 

सिंगापुरका प्रधानमन्त्री ली सियन लोङले आगामी दुई वर्षभित्र विश्वले आर्थिक मन्दी सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। मजदुर दिवसको सम्बोधनका क्रममा सियनले उच्च मुद्रास्फिर्ती कायम नै रहने भएकाले सिंगापुर थप आर्थिक चुनौती सामना गर्न तयार रहनुपर्ने बताए।

पछिल्लो समय केन्द्रीय बैंकले नीतिहरुमा कडाई गर्न थालेका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि कोभिड–१९पछिको आर्थिक पुनरुत्थान हुने सिंगापुरको ‘संयमित आसा’मा कालो बादल लागेको प्रधानमन्त्री लीले बताए।

युद्धको कारण दैनिक उपभोग्य सामाग्रीको भाउ महँगिएको उनले बताए । बढेको ऊर्जा मुल्का कारणले सिंगापुरले ५।८ अर्ब डलरको भार परेको उनले बताए। विश्वमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिने नीति निर्माता, व्यवसायी, अर्थशास्त्रीहरू बढ्दै गएका छन्। विशेषतः युक्रेनमाथि रुसी आक्रमण र चीनमा कोरोना–१९ को विस्तार रोक्न लागु गरिएको लकडाउनले यस्तो स्थिति सिर्जना गर्ने डर छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मजदुर दिवसको भाषणमा सत्तारुढ पिपुल्स एक्सन पार्टीका अध्यक्ष लीले आगामी नेतृत्वको पनि चर्चा पनि गरे। त्यहाँ उनले यसअघि नै आगामी प्रधानमन्त्री हुने खुलाइएका अर्थ मन्त्री लरेन्स वोङको चर्चा गरे। ‘सरकार, रोजगारदाता र युनियनले मिलेर काम गर्न र अर्थतन्त्रलाई सबल बनाउन नेतृत्वको नवीकरण महत्त्वपूर्ण हुन्छ,’ लीले सम्बोधनका क्रममा भने।

तथापि वोङ सन् २०२५ को निर्वाचनपछि प्रधानमन्त्री बन्ने हुन् वा त्यसअघि नै भन्ने अझै खुलाइएको छैन। वोङ प्रधानमन्त्री बनेपछि पनि सिंगापुरले लिएको स्थानीय श्रमिकमाझ थप समता कायम गर्ने, विभेद नियन्त्रण गर्ने र देशलाई क्षेत्रीय लगानी हब कायम राख्ने पहिलेदेखिको नीतिलाई निरन्तरता दिनेछन् ।

वोङको चयनले सिंगापुरको आगामी नेतृत्व कसले गर्नेछ भन्ने एक वर्ष लामो अनिश्चितता भने अन्त्य गरिदिएको छ। यसअघि उप–प्रधानमन्त्री हेङ स्वी किटललाई भावी नेतृत्वको रुपमा चयन गरिएको थियो। तर उनले आफू नेतृत्व लिनको लागि धेरै उमेर भइसकेको भनेर पन्छिएका थिए। सन् २००४ देखि प्रधानमन्त्री रहेका ली सियन लोङ सिंगापुरका सस्थापक नेता ली क्वान यूका जेठा छोरा हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com