मनाङमा हेलिकोप्टरबाट ल्याइयो मतपत्र


प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार

मनाङ, यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ । हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो । जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ । ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकृत पुष्पराज शर्माले बताउनुभएको छ । जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाल जिल्लाको मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ ।

निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको उहाँले बताउनुभएको छ । जिल्लामा कूल मतदाता छ हजार ४९६ जनामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै जिल्लामा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका चार गाउँपालिकामा आइतबार र सोमबार कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लाको ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८, नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।

यस्तै चार गाउँपालिका अध्यक्ष पदका लागि नौ र उपाध्यक्षमा आड जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्यमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com