को हुन् पुटिनकी ‘गर्लफ्रेन्ड’ एलिना काबाएवा, जसलाई रुसको ‘सिक्रेट फर्स्ट लेडी’ भनिन्छ ?


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

‘हरेक परिवारमा युद्धको कथा हुन्छ, र हामीले ती कथाहरू बिर्सनु हुँदैन, हाम्रो आगामी पुस्तालाई सुनाउनु पर्छ।’ यो कुरा रुसको ‘सिक्रेट फर्स्ट लेडी’ भनिने एलिना काबाएवाको हो । युक्रेन र रुस युद्धको बीचमा उनी चर्चामा छन् ।

उनी चर्चामा आउनुको कारण के हो भने राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीसमेत उनका आफन्तमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ तर अलिना अहिलेसम्म पनि यो प्रतिबन्धबाट बचेकी छिन् ।

द वाल स्ट्रिट जर्नलको खबर अनुसार अमेरिका पुटिनकी कथित ‘प्रेमिका’ र पूर्व ओलम्पिक जिमनास्ट अलिना कबाएवामाथि प्रतिबन्ध लगाउने तयारीमा थियो तर अन्तिम क्षणमा यस्तो हुन सकेन ।

पुटिनले यसलाई नीजि हमला मान्न सक्ने र यसले शान्ति बहालको प्रयासमा धक्का लाग्न सक्ने आशंकाबीच अमेरिकाले त्यसो गर्न नसकेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले सोमबार  दैनिक प्रेस ब्रिफिङमा अमेरिकाले जानाजानी रुसी राष्ट्रपति पुटिनकी प्रेमिकामाथि प्रतिबन्ध लगाएको छैन भनी दाबीलाई खारेज गरिन्।

रुसी नेता र पूर्व जिमनास्ट एलिना काबाएवालाई कारबाही किन नगरिएको सोध्दा साकीले भने, ‘हामी निरन्तर प्रतिबन्धहरूको समीक्षा गरिरहेका छौं।’

को हुन् अलिना कबाएवा ?

अलिना जिमनास्ट हुन् र सन् २००४ मा एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितिसकेकी छिन । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो वर्ल्ड टाइटल ९रोम० सन् १९९८ मा जितेकी थिइन् ।

त्यसपछि सन् २००१ र २००२ मा युरोपियन च्याम्पियनशिपमा पनि उनले थुप्रै तक्मा जितेकी थिइन् । सन् २००३ मा पनि उनले थुप्रै वर्ल्ड टाइटल आफ्नो पोल्टोमा पारिन् । उनी डोपिङको मामिलामा पनि फसिसकेकी छिन् । यद्यपि, यसले ठूलो प्रतिफल भने उनले भोग्नु परेन ।

सन् २००५ पछि उनी बिस्तारै राजनीतिमा भित्रिइन् र उनको नाम पुटिनसँग जोडिन थाल्यो । उनले युनाइटेड रुस पार्टीको प्रतिनिधित्व गर्दै रुसी संसदको तल्लो सदन डूमाका लागि पनि निर्वाचित भइसकेको छिन् । सन् २०१४ मा उनी सोची ओलम्पिकमा मसाल लिएर हिँड्ने खेलाडीमा पनि समावेश थिइन् ।

द मस्को टाइम्सको खबर अनुसार अलिना क्रेमलिन समर्थित मिडिया ग्रुप ‘द नेशनल मिडिया ग्रुप’ को नेतृत्व पनि गर्छिन् तर उनको नाम अप्रिलमा पश्चिमी देशको प्रतिबन्धलाई ध्यानमा राखेर वेबसाइटबाट हटाइएको थियो ।

खबरमा बताइए अनुसार स्विटजरल्याण्ड, अमेरिका र युरोपका अधिकारीले वाल स्ट्रिट जर्नललाई सन् २०१५ मा अलिना बच्चा जन्माउन स्विटजरल्याण्ड गएको जानकारी दिएका थिए । त्यसपछि सन् २०१९ मा उनले मस्कोमा कथित रुपमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । यद्यपि, पुटिनले कहिल्यै पनि यसको पुष्टि गरेनन् ।

चर्चाका बीच मस्कोमा अलिना फेस्टिबलः

द मस्को टाइम्सको रिपोर्ट अनुसार अलिना रुसको राजधानीमा ‘अलिना फेस्टिबल’ मा अघिल्लो हप्ता शनिबार देखिइन् । उनी त्यहाँ एउटा यस्तो ‘जिमनास्ट एक्जिबिशन’ का लागि आएकी थिइन् जसको प्रशारण मेमा रुसको ‘विक्ट्री डे’ को मौकामा हुँदैछ ।

यतिबेला उनले भनिन्, ‘हरेक परिवारसँग युद्धको एउटा यस्तो कहानी हुन्छ र हामीले ती कहानी बिर्सनुको साटो यसबारे आफ्नो आउँदो पीढिलाई सुनाउनुपर्छ ।’

यो मौकामा उनले युक्रेनमा रुसको हमलाका कारण भइरहेको आलोचना र रुसका जिमनास्ट, जज र कोचमाथि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लागेको प्रतिबन्धबारे भनिन्, ‘हामीले यसमार्फत् जीत मात्रै हासिल गर्छौँ ।’

डेली मेलको खबर अनुसार अलिनाले यो कार्यक्रममा भाग लिएपछि ती खबरमाथि विराम लगाएकी छिन् जसमा उनी स्विटजरल्याण्ड वा साइबेरियाको बंकरमा लुकेकी छिन् भन्ने जानकारी थियो ।

यो कार्यक्रममा सयौँ बालबालिका पनि समावेश थिए र यतिबेला ‘जेड’ सिम्बल पनि देखियो जुन रुसको युक्रेनमाथि हमलाको समर्थन चिन्ह बनिसकेको छ ।-बिबिसिबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com