राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने


प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ ।

उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्नुहुने जनाइएको छ ।

रुसमा गएका बेला उहाँले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुहुने भएको छ ।

महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उहाँ मस्को जान लागेको पुष्टि गर्नु भएको छ । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उहाँ युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । “युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,” सहायक प्रवक्ता कानेकोले भन्नुभयो ।

गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुबै पक्षलाई अनुरोध गर्नु भएको थियो ।

उहाँले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्नुहुने भएको छ ।

युक्रेनमा उहाँले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com