डा. प्रिती भुषाल सहितको टोलीको सगरमाथा आरोहणको अभियान शुरु


प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार

समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली आज त्यसतर्फ लागेको छ । यात्राको पहिलो दिन डाक्टर भुषालको टोली  लुक्ला पुगेको छ ।

कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको डाक्टर भुषालले बताइन्. ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको डाक्टर भुषालले बताएकी छन् । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको डाक्टर भुषालको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमालयन सेपर्ड इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु रहेका छन् । अर्घाखाँची स्थायी घर भएकी भुषाल हाल मेडिकल अफिसरको रुपमा ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । हिमाल आरोहणमा विशेष राख्ने भुषालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसकेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com