युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, ५२ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।

“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेख्नु भएको छ ।

युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ
रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथी आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com