मेरिल्याण्ड राज्य संसदबाट बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीनलाख डलर पारित


प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार

अमेरिकाको मेरिल्याण्ड राज्य संसदले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११:२९ बजे संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वत: कानुन बनेको छ।

यो बजेट यसै आर्थिक वर्षमा उपलब्ध हुन्छ र सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ। यसका लागि कुनै म्याचिङ फण्ड पनि आवश्यक नभएकाले यो तुरून्तै उपलव्ध हुन्छ। यसबाट नेपालीहरूको आध्यात्मिक मन-मस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्ने आफ्नो विश्वास रहेको मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले बताए ।

विधायिकी बण्ड विधायकहरूको अनुरोधमा विशेषगरी उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न आवधिक योजनाका लागि सहयोग स्वरूप प्रदान गरिन्छ। तर, सबै विधायकहरूको अनुरोध स्वीकार हुदैन, त्यसका लागि संसदमा ठूलो लबिङ चाहिन्छ। यसपटक पनि थोरै विधायकका बण्ड मात्र पारित भएका छन्। थोरै सांसदका प्रस्ताव पारित भएको अवस्था र नेपाली अमेरिकन सांस्कृतिक केन्द्रको संरचना मेरो निर्वाचन क्षेत्रमा नहुँहा नहुँदै पनि मेरिल्याण्ड संसदबाट बिधायिकी बण्ड पारित हुनुलाई आफूले व्यक्तिगत उपलव्धीका रूपमा भन्दा पनि नेपाली सुमदायको सामुहिक उपलव्धीका रूपमा लिएको भण्डारीले बताए ।

नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका ट्रस्टीहरूसँगको परामर्शमाआफूले यो बण्ड आफ्नै पहलमा द्विदलीय समर्थनमा अगाडि बढाएको भण्डारीले जानकारी दिए । त्यो प्रस्तावमार्फत्  नेपाली समुदायमा तीन लाख डलर राज्यकोषबाट सहयोग प्राप्त भएको खबर सुनाउन पाउँदा छाति गर्वले फुलेको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारी भन्छन् – ‘म यो खुशी र यसको श्रेय यहाँहरू सबैसँग सरोबर बाँड्न चाहन्छु। यो प्रस्तावलाई अगाडि बढाउन सहयोग गर्नुहुने नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका आदरणीय ट्रष्टीहरूप्रति आभार प्रकट गर्दछु र आगामी दिनमा पनि यस्तै सहकार्यका लागि हार्दिक अपेक्षा राखेको छु।’

‘म मूलत: तीन कारणले खुशी छु, पहिलो आफ्नो आस्था, धर्म र विश्वाससमेत रहेको मन्दिर र गुम्बाका लागि नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका नाममा तीन लाख डलर रकम आएको छ र यसले निर्माणाधीन चरणमा रहेको केन्द्रको निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने छ। दोस्रो, यो सहयोगको प्राप्तिसँगै अन्तत: हाम्रो नेपाली समुदाय अमेरिकाको मूलप्रवाहमा आर्थिक कोणबाट पनि समावेश हुन थालेको दृष्टान्त मिलेको छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष अमेरिकाको कुनै राज्यको क्यापिटल बुकमा नेपाली भन्ने पहिचान अभिलेख भएको छ र त्यसको सांस्कृतिक केन्द्रका लागि राज्यले यो रकम दिएर त्यसलाई मान्यता प्रदान गरेको छ।’ – भण्डारीले भने ।

वक्तव्यमार्फत राज्य सांसद भण्डारीले भनेका छन् – ‘बितेको चार वर्षमा मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।’

बाल्टिमोरमा सुविधासम्पन्न नेपाली सांस्कृतिक केन्द्र निर्माण होस् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले त्यसका लागि  आफ्नो ठाउँबाट यथाशक्य प्रयत्न गरिरहने प्रतिज्ञा गरेका छन् । र, समस्त नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीमा साथ, सहयोग र सद्भावका लागि हार्दिक आव्हान पनि गरेका छन् ।

‘यसअघि बाल्टिमोर नेपाली एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)का लागि एक लाख २५ हजारको विधायिकी बण्ड र काउण्टीबाट त्यतिकै म्याचिङ फण्ड गरी दुई लाख ५० हजार बजेट ब्यबस्थापन गर्न पनि सफलता मिलेको थियो। यी दुई योजनाका लागि गरेर संसदको पहिलो कार्यकालमै मैले पली सुमदायका लागि ५ लाख ५० हजार डलर सहयोग राज्यकोषबाट विनियोजन गराउन सफलता हात पारेको छु। यो प्रस्थान विन्दूले इतिहासमा अहम् महत्व राख्छ भन्ने मैले विश्वास लिएको छु।’ – भण्डारीले भने ।

भण्डारी भन्छन् – ‘अमेरिकामा पहिलो परिवार, दोस्रो समुदाय भनिन्छ। मलाई यो कुराको राम्रैसँग हेक्का छ। त्यसैले सुरूदेखि नै नेपाली समुदायको हितका लागि आफूलाई समर्पित गर्दैआएको छु। र, यो यथार्थ अमेरिकाभरिकै नेपाली समुदायलाई बताउँदै पनि आएको छु। समय क्रममा नेपाली समुदायले यसलाई बुझ्न पनि थालेको छ। अमेरिकाको नेपाली समुदायका लागि आजको भन्दा भोलिका निम्ति यो एक सुखद् संकेत हो।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com