रुसले बुचा सहरमा ३०० भन्दा बढी सर्वसाधारणलाई चरम यातना दिएर मारेको छ : राष्ट्रपति जेलेन्स्की
प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बुचा सहरमा ३०० सर्वसाधारणको हत्या र चरम यातना दिएको आरोप लगाएका छन् ।रुसको नियन्त्रणमा रहेको बुचा सहरमा रुसले गरेको युद्ध अपराधका धेरै प्रमाणहरु फेला परेको छन् । जेलेन्स्कीले भने, ‘रुसले मनपरी गरेको छ त्यसको अनुसन्धान गरिरहेका छौं।’
अहिले, बुचा सहरमा मात्रै तीन सय भन्दा बढी सर्वसाधारण नागरिकहरुलाई चरम यातना दिएर मारिएका समाचारहरू आएका छन्। यो सम्भव छ , जब सम्पूर्ण सहरमा भएकको रुसको वितण्डताको अनुसन्धान पूरा हुन्छ, यो संख्या धेरै ठूलो हुन सक्छ । यो अवस्था एउटा मात्र शहरमा मात्र को हो तर अन्यको अवस्था अझ विभत्स हुनसक्छ ।
उनले भनेका छन्, ‘ बोरोडियान्का र रूसी सेनाले कब्जा गरेका अन्य सहरहरूमा पीडितहरूको संख्या अझ बढी हुन सक्छ,’ ‘किभ, चेर्नेभ र सुमी क्षेत्रका जिल्लाका धेरै गाउँहरूयस्ता छन्, जहाँ रुसीहरूले कब्जा गरेका छन्, स्थानीय मानिसहरूसँग यस्तो व्यवहार गरेका छन् जुन आजभन्दा ८० वर्षअघि नाजीहरूले कब्जा गर्दा पनि यस्तो गरिएको थिएन ।’
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुचामा सर्वसाधारणको हत्या गरेको अभियोगमा फौजदारी मुद्दा चलाउन आग्रह गरेका छन् । बाइडेनले भने, ‘यो मानिस निकै क्रूर छ । अब अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने छ ।’





