‘दशैं बिल पारित हुनु अमेरिकाको नेपाली डायस्पोराका लागि एक जुगको एक दिन’


प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

– डेलिगेट ह्यारी भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको खुशीको खबर सुनाउन पाउँदा अत्यन्तै गौरवको अनुभूति भैरहेको छ। विधेयक शुक्रबार मार्च १७, २०२२, अमेरिकी पूर्वी समयअनुसार ११:२० बजे १२३-५ मतको भारी बहुमतले पारित भएको हो।

यो खुशीको खबर सुनाइरहदा म नाटककार गोपालप्रसाद रिमालले भन्नुभएको एउटा बहुचर्चित भनाइ सम्झिरहेको छु, एक जुगमा एक दिन एकपटक आउँछ। साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो।

अमेरिकामा एक नेपाली मूलको सांसदले दशै नेपालमा उत्पति भएको सांस्कृतिक चाड हो भनेर विधेयक प्रस्तुत गर्ला र त्यो बाइपार्टिसन विधेयकका रूपमा स्थापित भएर ५ मतका विरूद्ध १२३ मतले पारित होला भनेर कस्ले सोच्न सक्थ्यो होला र?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यत: सबैका लागि असम्भव जस्तै लाग्ने त्यो सपना मैले भने अमेरिका आएर यही बस्छु भन्ने लागेकै दिनदेखि देख्न थालेको थिएँ, आज त्यो विपना हुँदा मेरो दिमाखमा एउटै कुरा खेलिरहेको छ, ‘राजनीतिको शव्दकोशमा असम्भव भन्ने शव्द हुदैन’ यसैकारण भनिएको रहेछ।

जतिबेला विधेयक पारित भैरहेको थियो, मैले अमेरिका आएको दिन र त्यतिबेला गरेका कठिनतम् संघर्षका दिनहरू सम्झें। मेरो हजुरबुबाले अन्तिमपटक दशैको टीका लगाइदिदै नेपाल र नेपालीको इज्जत राखेस् भनेर दिएको आशीर्वाद सम्झें. नेपालबाट आउँदा ल्याएको चन्दसूर्य अंकित झण्डा सम्झें, अनि चार वर्षअघि विधायकमा निर्वाचित भएपछि नेपाली पहिरनमा गीता छोएर लिएको सपथ सम्झें, ती सबै कुराले मलाई अत्यन्त भावुक बनाए।

अर्कोतिर, संसारकै शक्तिशाली र लोकतान्तिक मुलुक संयुक्त राज्य अमेरिकामा नेपाल र नेपालीले मनाउँदै आएको दशैलाई नेपालमा उत्पति भएको चाडका रूपमा दर्ता भैरहेको थियो, त्यसले मलाई गौरवको अनुभूति गराइरहेको थियो।

यो विधेयकको प्रस्तावनामै लेखिएको छ, नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो जुन संसदको भुईँ जर्ज वासिङ्टन, जेफर्सजजस्ता अमेरिकी इतिहासका शीर्ष व्यक्तिहरूले नापेका हुन्। त्यस्तो संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु मेरो लागि गर्वको विषय हो।

म यतिबेला घरदेशमा होस् वा परदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा यो सफलताको श्रेय सरोबरी बाँड्न चाहन्छु, यो हामी सबैको सामुयिक प्रयासको सफलता हो। हामी जो जहाँ थियौ, सबैले प्रयास गरेकै हौ, म विधायक भएकाले निमित्त भएँ, त्यो यहाँहरूको आशीर्वाद र मेरो भाग्यको कुरा हो।

हामी यतिमा अडिनु हुदैन। किनकि, अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेलीमा पारित गराएर महत्वपूर्ण खुट्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु। हामीसँग यो प्रक्रियाका लागि थोरै समय छ, काम भने अझै पनि धेरै बाँकि छ।

मलाई आशा एवं विश्वास छ, सिनेटबाट पनि अर्को सुखद समाचार आउने छ। त्यतिञ्जेलसम्म म यहाँहरू सबैलाई आफ्नो समर्थन कायम राख्दै धैर्य धारण गर्न अनुरोध गर्दछु।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com