रुसी सेनासँग खाना र इन्धन जस्ता आधारभूत सामग्रीको अभाव : बेलायत


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ।

‘युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण ‘खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु’अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन्।

‘युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ। यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ।’

प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना ‘देशभित्र नै अल्झिएका छन्’ भनिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com