‘भाषण र निर्णयका ठेलीले मात्र जनताका समस्या हल हुन्नन्’


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

dGqL >]i7 hUufwgL btf{ k|df0fk”hf{ k|bfg ub}{ sf7df8f}F, ! r}t M e”ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0fdGqL zlz >]i7 sLlt{k’/ gu/kflnsf–% kf+uf vfrf] 6f]ndf :yfgLonfO{ ufpF Anssf] hUufwgL btf{ k|df0fk”hf{ -nfnk”hf{_ k|bfg ub}{ . t:jL/ M gf/fo0f Gof}kfg]÷/f;;

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उहाँले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “भाषण गर्दैमा, निर्णयका ठेली लेख्दैमा जनताका समस्या समाधान हुन्नन्, विगतमा जनप्रतिनिधिबाट आवश्यक पहल भएको देखिएन, त्यसैले पागाबासीले पूर्जा प्राप्त गर्न गणतन्त्र आउन प-यो । लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था छ, अब त्यो छिट्टै अन्त्य गरिनेछ ।”

जनताले बनाएको मन्दिरमा गजुर लगाउन मात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उहाँले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।

त्यसक्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद राजेन्द्र केसीले पिता पुर्खाबाट जग्गाको हक हस्तान्तरण भए पनि लालपुर्जा नहुँदा खेप्न परेका यावत समस्या पुर्जा प्राप्त भएसँगै समाप्त भएको बताउनुभयो । प्रदेशसभा सदस्य पुकार महर्जनले पुर्जाका अभावमा घर बनाउँदा नक्सा पास, ऋण लिन धितो, हक हस्तान्तरण गर्न समस्या झेल्दै आएका स्थानीयवासीलाई लालपुर्जा प्राप्त भएसँगै ती कार्य गर्न सजिलो भएको धारणा व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सेवाग्राहीलाई सहज र सरल ढङ्गबाट सेवा उपलब्ध गराउन तथा गाउँ ब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो । कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले नगरपालिकाका विभिन्न वडाका करिब २०० घर परिवारले गाउँ ब्लक जग्गाधनी दर्ता प्रमाणपत्र नपाइरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । वडाध्यक्ष राजेन्द्र महर्जनले रोकिएको जग्गाधनी र मोहीसम्बन्धी जग्गा बाँडफाँट र कित्ताकाट खुलाउन मन्त्रीसँग आग्रह गर्नुभयो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले विसं २०२१ देखि रोकिएको गाँउ ब्लक नक्सासम्बन्धी समस्या सम्बोधन गर्ने सिलसिलामा जनमुखी कार्य गर्न पाएकामा विभागले गौरव महसुस गरेको प्रतिक्रिया दिनुभयो । सो अवसरमा ३२ परिवारलाई लालपूर्जा प्रदान गरियो । मन्त्रालयले गत कात्तिक १४ गतेयता महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सुनसरी र काठमाडौँमा गरी करिब १५ हजारको हाराहारीमा गाउँ ब्लकसम्बन्धी पूर्जा वितरण गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com