रुस-युक्रेन युद्ध : कीभ नजिकै अमेरिकी पत्रकारको गोली हानी हत्या


प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार

अमेरिकी पत्रकार ब्रेन्ट रेनोडको कीभ बाहिर इरपिनमा गोली हानी हत्या गरिएको छ । उनको हत्या भएको कीभ प्रहरीले जानकारी दिएको छ। किभका प्रहरी प्रमुख आन्द्रेई नेबिटोभले ब्रेन्ट रेनोडलाई रुसी सेनाले निशाना बनाएको बताएका छन् ।

घटनामा अन्य दुई पत्रकार पनि घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । युक्रेन युद्ध कभर गर्ने विदेशी पत्रकारको मृत्यु भएको यो पहिलो घटना हो।

न्युयोर्क टाइम्सले मारिएका पत्रकार  रेनोडप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पत्रिकाले रेनोडको मृत्युको खबर दुखद भएको तर उनले युक्रेनमा न्युयोर्क टाइम्सका लागि काम नगरेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अन्तिम पटक न्युयोर्क टाइम्समा २०१५ मा काम गरेका थिए र उनले युक्रेनमा लगाएको प्रेस आईडी एक वर्ष अघि नै जारी गरिएको थियो।

घाइते अर्का अमेरिकी पत्रकार जुआन एर्डोन्डोलाई अस्पताल लगिएको थियो । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उनले इटालियन संवाददातालाई  आक्रमणको समयमा उनी ब्रेन्ट रिनोडसँग भएको बताएका छन् ।

‘हामी इरपिनको पहिलो पुलहरू मध्ये एउटाको यस छेउमा थियौं र शरणको खोजीमा दौडिरहेका मानिसहरूको भिडियो गर्न जाँदै थियौं र कसैले हामीलाई अर्को पुलमा पुग्न मद्दत गर्न अनुरो गरे र हामीले चेक पोइन्ट पार गर्यौं,’ उनले भने। हामीमाथि गोली चलाउन थाल्यो । उनीहरूले हामीमाथि गोली हान्न थाले , हामी दुबै थियौं । मेरो साथी ब्रेन्ट रिनोड, उनलाई गोली लाग्यो र पछाडि छोडियो।

उनले रिनोदलाई के भयो थाहा नभएको बताए । उनले भने, ‘मैले उनको घाँटीमा गोली लागेको देखे र हामी अलग भयौं।’उनलाई एम्बुलेन्सबाट अस्पताल ल्याइएको थियो, एरेडोन्डोले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com