एमसिसीबाट प्राप्त रकम सदुपयोग गरे,विश्वका अन्य राष्ट्रले पनि नेपालमा लगानी गर्ने : प्रधानमन्त्री देउवा


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताउनुभयो ।

विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार ९मन्टु०लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गर्नुभएको छ ।

कांग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने दाबी गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com