अस्पतालको लापर्वाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तको आरोप, दाङको राप्ती अञ्चल अस्पतालमा तनाव


प्रकाशित मिति : भाद्र १४, २०७३ मंगलबार

 दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको थियो । सुत्केरी बेथा लागेपछि अस्पतालमा आइतबार दिउँसो ११ बजे भर्ना भएकी न्यौपानेको राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनका आफन्तले अस्पतालको लापर्बाहीका कारण न्यौपानेको मृत्यु भएको आरोप लगाएका छन् । राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्तसञ्चार प्रणालीमा गएपछि न्यौपानेको दुर्घटनावस मृत्यु भएको बताउनुभयो । उहाँले यस्तो घटना दुर्लभ हुने भएकाले बिरामीलाई बचाउन असम्भवप्राय हुने जानकारी दिनुभयो ।  आइतबार बिहान ११ बजेतिर बेथा लागेपछि सामान्य अवस्थामा ल्याइएकी न्यौपानेको स्थिति राति ९ः३० बजेसम्म सामान्य नै थियो । तर एकाएक गर्भभित्र बच्चा बस्ने ठाउँको पानी आमाको रक्तसञ्चार प्रणालीमा गएकाले बच्चा जन्मिनुअघि नै उनको मृत्यु रातको १२ बजेतिर भएको अस्पताल प्रशासनले जनाएको छ । रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com