फ्रान्सले थाल्यो युक्रेनी पाँच मुख्य आणविक केन्द्रहरूको सुरक्षाको तयारी


प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार

फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदम प्रस्ताव गर्ने भएको छ । एलिसी दरबारले शुक्रबार दिएको जानकारीअनुसार पेरिसले त्यसको तयारी गरिरहेको छ ।

युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरू जापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा रहेको पाँचौं प्लान्ट हाल सिल गरिएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निर्देशकसँग भेट गरेको उल्लेख गर्दै एलिसी दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘केही घण्टामा फ्रान्सले प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ।’ एएनआईरस्पुतनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com