सवारी दुर्घटनामा परी अमेरिकामा गत बर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।
परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरुको सङ्ख्या बढेको देखाएको थियो । त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।
“बार्षिक तथ्याङ्क हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,” परिषद्द्धारा जारी वक्तव्यमा लेखिएको छ ।-एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।