आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ : अध्यक्ष तिमिल्सिना


प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्र्रियामा उहाँले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

“सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्”, उहाँले भन्नुभयो, “जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं ।” उहाँले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले खोप खरिदका लागि पत्रचार गरिसकिएको बताउनुभयो । उहाँले आगामी वैशाखभित्र सबै १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो । उहाँले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताउनुभयो । “हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम ग¥यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताउनुभयो ।

उहाँले कोभिड–१९ को कारणले हामीले यस्ता महामारी रोक्नका लागि आपत्तकालीन प्रतिकार्य योजनासहित तयार अवस्थामा बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड–१९ को खोप वैज्ञानिकले अहिलेसम्मकै सबैभन्दा छिटो विकास गर्न सफल भएको धारणा राख्नुभयो । उहाँले कोरोना महामारीले परिवारसँग पुनर्रमिलन, परिवारलाई हेरचाह गर्न र शारीरिक, मानसिक, तथा आर्थिक समस्याको सामना गर्न सिकाएको बताउनुभयो ।

कार्यक्रममा कोभिड–१९ महामारीका सन्र्दभमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत विषयमा राष्ट्रियसभाका सदस्यसँग छलफल गरिएको थियो ।

यसअघि कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com