गोर्खा सैनिक २६ वर्षीय ताराहाङ राईमाथि शौचालयमा लुकेर यौन दुर्व्यवहारको अभियोग


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

एक ब्रिटिश गोर्खा सैनिकलाई महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । राइफलम्यान २६ वर्षीय ताराहाङ राईले पुरुष शौचालयमा लुकेर एकजना सरसफाइको काम गर्ने महिलालाई शारिरीक सम्पर्कका लागि जबरजस्ती गरेको अभियोग लगाइएको हो ।

सेकेन्ड गोर्खा राइफल्समा कार्यरत राईले ति महिलालाई दुईपटक चुम्बन लागि अनुनय गरेको तर अस्वीकार गरेपछि तेश्रोपटक यौन सम्पर्कका लागि प्रयास गरेको जनाइएको छ । ब्रिटिश गोर्खा राईले ति महिलालाई हात समातेर जान समेत नदिएको तर जब महिलाले सहयोगका लागि कराएर गुहार माग्छु भनेपछि उनले हात छाडेको बताइएको छ ।

वील्सायर मिलिट्री कोर्ट (सैनिक अदालत) मा बयानका क्रममा राईले महिलासंग यौनका लागि आग्रह गर्दै जवरजस्ती तानेर एउटा सानो कोठामा लैजान खोजेको अभियोग लगाइएको छ । राईसंग ति महिलाको तीन पटक पुरुष शौचालयमा जम्काभेट भएको जनाइएको छ ।

ति महिलाले टुकर लाइन्स बेस ब्रुनाइमा क्लिनिङ काम गरिरहेका बेला घट्ना भएको वीलसायरस्थित बुलफोर्ड मिलिट्री कोर्टमा सुनुवाइका क्रममा बताइएको हो । तर, अभियुक्त राईले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले महिला नै आफूप्रति आकर्षित भएको तर आफूले वास्ता नगरेपछि आरोप लगाएको दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै केही दिन अगाडि अर्का गोर्खा सैनिकमाथि पनि यस्तै अभियोग लागेको थियो । स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीका ‘सपोर्ट स्टाफ’ राइफलम्यान सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकमाथि यौन दुर्व्यहार गरेको आरोपमा अदालतमा मुद्धा चलेको छ ।

मुद्धाको सुनुवाइको क्रममा वील्शायरस्थित बल्फोर्ड मिलिटरी कोर्टमा उपस्थित गुरुङले भने आफूमाथिको अभियोग अस्वीकार गरेका थिए ।कोर्टको सुनुवाईमा दाबी गरिएअनुसार राइफलम्यान गुरुङले आफ्नो परिचय लुकाएर अरु कसैको रुपमा प्रस्तुत भएर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेका थिए ।

मादकपदार्थ सेवन गरेर रातको तीन बजे ती महिला सैनिक सुतिरहेको बेला उनको ढोका ढकढकाउन पुगेका थिए सुजन । मस्त निद्राबाट ब्युंझिन नपाउंदै उनलाई आफू अर्को एक गोर्खा सैनिक रहेको भन्दै सुजनले झुक्याउन खोजेका थिए । एक साताअघि ती महिला सैनिकले यौन सम्बन्ध राखेका अर्का सैनिकको परिचय बनाएर उनले फाइदा लिने कोशिश गरेको आरोप छ।

सुजनले ती महिला सैनिकलाई साथमा बोकेर ल्याएको रक्सी खान कर गरेका थिए । त्यसपछि उनले जबर्जस्ती रुपमा उनलाई चुम्बन गर्ने, उनले लगाएका कपडाहरु उठाउने र संवेदनशील अंगहरु छुने जस्ता हर्कत गरेको आरोप लगाइएको छ ।

सुजन अरुकै परिचय बनाएर आएको पत्ता लगाएपछि ती महिला सैनिकले त्यो बेला यौन सम्बन्ध राख्न नसक्ने तर भोलिपल्ट भेटेर रमाइलो गर्न सकिने भन्दै उनलाई पन्छ्याउने कोशिश् गरेकी थिइन् ।

‘सबै गोर्खाहरु उस्तै देखिने भएकाले म शुरुमा केही अलमलजस्तै परें, त्यसमाथि अध्यांरो पनि भएकाले झन् गार्हो पर्‍यो । तर उसको बोलीको लवज बिल्कुलै फरक रहेकाले पनि गलत व्यक्ति हो भन्ने बुझिहालें’, उनले भनिन्,’ अघिल्लो साता मसंगै सुतेको गोर्खाको नम्बर सेभ गरेकी थिएं, उसलाई फोन गरेपछि त सबै कुरा झन् स्पष्ट भयो।’

अदालतसामु सुजनले आफूमाथिको यौन दुर्व्यहारको अभियोग अस्वीकार गरेका छन् । मादकपदार्थ सेवनका कारण कडा नशामा रहेकाले आफूलाई कुनै कुरा याद नरहेको उनको भनाइ छ । नशाको उत्तेजनामा सहकर्मी महिलाको छातीमा छुन खोज्नेसम्म गरेको हुन सक्ने भएपनि त्यसबाहेक अरु कुनै दुर्व्यहार नगरेको उनले दाबी गरेका छन् ।

त्यस्तै गतबर्ष बेलायती गोरखा सेनामा कार्यरत ४४ वर्षीय विनोद राईलाई आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको थियो ।

राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए । आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ ।

बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् । घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका थिए । राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि यो घटनाले गर्दा उनले आफ्नो पद र बस्दै आएको घर गुमेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com