द्वन्द्व प्रभावित २ सय ४४ नेपालीहरु युक्रेन छाडेर सुरक्षित गन्तव्यमा


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

Map of Ukraine.

रुस – युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ का अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् ।

यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सीमामा १ सय ३० जना स्लोभाकियाको सीमा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा पार गर्न सक्ने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै बसोबास गर्दै आउनु भएको छ ।

रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा बोल्दै राजदुत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिनुभयो ।

उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित हुनु भएको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र अल्ली खुकुलो बनाएको कारणले नेपालीहरु बाहिर निश्कन सहज भएको बताउनु भयो ।

स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिनभयो । उहाँले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताउनुभयो । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको जनाकारी दिनुभयो ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिनुभयो । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पु-याउन सकृय रुपमा लागि परेको बताउनुभयो ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिनुभयो । उहाँले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताउनु भयो । उहाँले एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि सो आवेदनको अन्तिम सुनवाई नभएसम्म अर्को देशमा जानु गैरकानुनी हुने जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्त, सुरेन्द्र श्रेष्ठ, गोपाल राई, सोनाम शेर्पा, संजय कार्की लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।

बैठकमा उच्चस्तरीय समितिका सदस्य सचिव चिरन्जिबी खड्काले समितिले विगत २४ घण्टामा गरेका गतिविधिको बारेमा प्रकाश पार्दै स्थानीय रुपमा समन्वय समिति गठन गरेर नेपालीहरुको उद्धारको काम भैरहेको जानकारी दिनुभयो । समितिले युद्धबाट विस्थापित नेपालीहरुको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com