आणविक फौजलाई उच्च सतर्कतामा रहन राष्ट्रपति पूटिनको निर्देशन


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ ।

मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।

पुटिनले भन्नुभयो, “म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति ‘अमित्रवत’ मात्र छैनन् । मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो,” उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो)का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिन अनुमति दिन्छन् ।”

उहाँको आग्रहलाई रक्षा मन्त्री शोइगुले ‘सकारात्मक’ भनी समर्थन जनाउनुभएको थियो । रुसी राष्ट्रपतिले बिहीबार यूक्रेनमाथि आक्रमण गर्न दिएको आदेशले विश्वभर भयको तरङ्ग उत्पन्न गरेको छ ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ ।

यूक्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीे र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

रूसको सेनाले आक्रमणको एक दिनमै यूक्रेनी राजधानी कीभ पुगेको भएपनि यूक्रेनी सेनाले उनीहरूलाई पछि हटाउन लडिरहेका भन्ने यूक्रेनी दाबी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com